Incident Reports

छुरा प्रहारबाट युवती गम्भीर घाइते

2015-06-01

Madhes, Parsa, Birgunj

पर्साको लालपर्साबाट गएराति युवतीलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिका–२४ निवासी २० वर्षीय रोमा कुमारीलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले स्थानीयवासी २५ वर्षीय रामप्रसाद साहलाई पक्राउ गरेको हो । राती ८ः३० बजे घरबाट बाहिर निस्किएकी रोमाको पेटमा साहले छुरा प्रहार गरी घाइते बनाई फरार भएपछि उनलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरीनायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए। छुरा प्रहारबाट गम्भीर घाइते भएकी रोमालाई वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइएको प्रवक्ता ओलीले बताउनुभयो । घाइते रोमाको आन्तरिक रक्तस्राव भएको कारण थप उपचारका लागि राति नै वीरगन्जकै नेसनल मेडिकल शिक्षण अस्पतालमा सिफारिस गरिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । पक्राउ परेका साहमाथि जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports