Incident Reports

बोक्सी भन्दै आफन्तले नै कुटे

2015-05-30

Karnali, Surkhet, Gurbhakot

बोक्सीको आरोपमा आफन्तबाटै एक महिला कुटिएकी छिन्। नेटा–८ सुर्खेतकी ६० वर्षिया मनकली चपाईलाई उनका आफन्तहरुले नै बोक्सीको आरोपमा कुटपीट गरेका हुन् । कुटपिट गरिएको चार दिनपछि मात्र उक्त घटना बाहिर आएको हो। जेठ १६ गते मनकलीका देवर नाता पर्ने झविलाल तिवारी, हुमबहादुर चपाई, दुर्गबहादुर चपाई, बासुदेव तिवारी, हरिकला तिवारी, चन्द्रकला चपाई लगायतका आफन्तहरुले आफूमाथि कुटपीट गरेको पीडित मनकलीले जनाएकी छन्। जेठ १६ गते विहान करिब नौं बजे घरमै आएर आफूलाई कुटपीट गरिएको उनले जानकारी दिइन्। जेठ १२ गते विरामी भएका चन्द्रकली चपाईँ र गोमा तिवारीले मनकली बोक्सी भएको आफूहरुलाई बिरामी बनाएको आरोप लगाएका थिए । विरामीहरुले आरोप लगाएपछि स्थानीय धामी पर्वे खड्कालाई बोलाएर धामी बसालिएको थियो। धामिले भने बोक्सीको आरोप नलगाएको पीडित मनकलीले बताईन् । विरामी भनिएका चन्द्रकली र गोमाले मनकलीको नाम लिएपछि त्यसदिन राती मनकलीलाई बोलाएर धामी बसालिएको घरमा लगिएको थियो । धामीले उनलाई अक्षता फुकेर उठाउन पठाएका थिए । मनकलीले पनि धामीले भने अनुसार अक्षता उठाइन् । तर १६ गते विहान एक्कासी गोमाका पति झविलालसहितका आफन्त नाता पर्नेहरुले घरमै आएर आफूमाथि कुटपीट गरेको मनकलीले बताइन्। ‘यो बोक्सीलाई काटेर फालेपनि हुन्छ भन्दै एकाएक कुटपीट गरे’ मनकलीले भनिन्। झविलालले पनि मनकलीलाई बोक्सीको आरोपमा कुटपीट गरेको स्वीकारेका छन् । टेलिफोन कुराकानीमा उनले विरामीहले नै बेहोस भएर मनकलीले बोक्सी लगाएको भनेपछि आफूहरुले कुटपीट गरेको बताए। कुटपीट भएको चार दिनपछि बुधवार सदरमुकाम वीरेन्द्रनगर आएकी मनकलीले आफूलाई कुटपीट गर्नेहरुमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएकी छन्। उनको जाहेरीको आधारमा अभियुक्तहरुलाई तत्काल पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। कानुनमा बोक्सीको आरोप लगाएर दुरव्यवहार गर्नेलाई कम्तिमा ३ महिनादेखि २ वर्षसम्म कैद र ५ हजार देखि २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। अधिवत्ता दुर्गाप्रसाद सापकोटाले मनकालीलाई दुरव्यवहार गर्नेलाई दुवै सजाय हुनुपर्ने मागसहित प्रहरीमा जाहेरी दिइएको बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports