Incident Reports

अपहरित बालकको शव १० दिनपछि गाडिएको अवस्थामा भेटियो

2015-05-25

Madhes, Sarlahi, Chandranagar

अपहरणको १० दिनपछि सिरहाका एक बालक मृत अवस्थामा फेला परेका छन्। जेठ ११ गते अपहरणमा परेका सिरहा सुकिपुर वडा नं ६ दहिपैरीका १० वर्षीय बालक श्रवणकुमार भण्डारीको शव सिरहाको मोहनपुर कमलपुर-३ मा हत्या गरिएको शव आज भेटिएको हो। बालकको शव मोहनपुर कमलपुर गाविसको वैसाखास्थित धान खेतमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। अपहरणकारी समूहले अपहरण गरेको भोलिपल्ट जेठ १२ गतेदेखि बालकको परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्दै आएका थिए। उनीहरुले मंगलबार फिरौती रकम लिएर सुखिपुर गाविसमा आउन बालककी आमालाई फोनमा भनेका थिए। त्यसपछि बालककी आमा पुलिससहित आएको भनेर अपरणकारीले फर्केर जान भनेका थिए। त्यसपछि उनीहरुले फोन गर्दैआएको नम्बर स्विचअफ थियो। आज बिहान वैसाखाका महिलाहरु शौचालय जाने क्रममा स्याल र कुकुरले मान्छेको शव लुछेको देखेपछि इलका प्रहरी कार्यालय गोलबजारमा खबर गरेपछि प्रहरी टोली पुगेर बालकको शव उत्खनन् गरेको हो। शव प्रकृति हेर्दा बायाँ खुट्टा काटिएको र घाँटीमा डोरीले बाँदिएको प्रहरी निरीक्षक सन्तोष निरौरालले जानकारी दिए। घटनाबारे थप अनुसन्धान गरेर अपहरणकारीको खोजी गरिने प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments