Incident Reports

एकाबिहानै सिरहामा झुन्ड्याएको अवस्थामा एक युवकको शव भेटियो

2015-06-05

Madhes, Siraha, Golbazar, Ward 5

हत्या गरी झुन्ड्इएको अवस्थामा सिरहाको गोलबजार नगरपालिका–६ मा एक युवकको शव फेला परेको छ । स्थानीय रेशवहादुर श्रेष्ठको २२ वर्षीय छोरा विमल श्रेष्ठको हत्या गरी रुखमा झुन्ड्याइएको अवस्थामा आज बिहान फेला परेको हो । घर नजिकैको धमीनिस्थानमा रहेको रुखमा जिउभरी रगत लत्पतिएको अवस्थामा श्रेष्ठको शव फेला परेको हो । उनको देबे्र हातको नाडी काटिएको छ भने घाँटीबाट पनि रगत बगेको देखिएको छ । हत्या भएको स्थान इलाका प्रहरी कार्यालयभन्दा दुईसय मिटर पर मात्र रहेको छ । हत्या भएको स्थानभन्दा सय मिटर वरपर रगत छरिएर रहेको छ । श्रेष्ठको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लगिएको छ । प्रहरीले घटनाको प्रकृति हेर्दा हत्या जस्तो देखिएपनि थप अनुसन्धान हुन बाँकी रहेको बताएको छ । बजारको सबैक्षेत्रमा पुग्नेगरी सिसी क्यामेरा जडान गरिएको भएपनि गोलबजारमा आपराधीक घटना रोकिन छाडेको छैन । यहि साता मात्र सिरहामा तीन जनाको हत्या भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Suicide
Secondary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports