Incident Reports

पेस्तोलसहित गुन्डा समातिएपछि बारपाकमा तनाव

2015-06-05

Gandaki, Gorkha, Sulikot

प्रहरीको खोजीको सूचीमा रहेका एक गुन्डा हतियारसहित समातिएपछि गोरखाको बारपाक बजार तनावग्रस्त भएको छ । गुण्डागर्दीमा संलग्न युवा धनबहादुर गुरुङ (बाघे) लाई दुईवटा पेस्तोलसहित पक्राउ शुक्रबार पक्राउ गरेपछि स्थानीय युवाको समूहले प्रहरी चौकी तथा नेपाली सेना र सशस्त्र प्रहरीका बेसमा घेराउ गर्दा बारपाक बजार तनावग्रस्त भएको हो । स्थानीयबासीलाई कुटपिट र सरकारी कार्यालयको ठेक्कापट्टामा अवरोध गरी निर्माण व्यवसायीलाई धम्की दिएको अभियोगमा प्रहरीले बाघेलाई यसअघिबाटै खोजी गरिरहेको थियो । पेस्तोलसहित पक्राउ परेका बाघे प्रहरी नियन्त्रणबाटै हतकडीसहित भाग्न सफल भएका छन् । युवाहरुले तीनवटै सुरक्षानिकायका स्थानीय कार्यालयमा घेरेपछि स्थितिलाई निन्त्रणमा लिन थप सुरक्षाकर्मी बारपाक पठाइएको गोरखाका प्रहरी प्रमुख डिएसपी अर्जुन चन्दले अन्नपूर्ण पोस्ट्लाई बताए । स्थानीय युवाहरुले बाघेलाई किन पक्रेको भन्दै नाराबाजी गरी सुरक्षानिकायका कार्यालयमा घेरेपछि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय जौबारी र बालुवास्थित सशस्त्रको क्याम्पबाट सुरक्षाकर्मी पठाइएको चन्दले जानकारी दिए । युवाहरुको समूहले प्रहरी सवार भवन डिभिजन कार्यालयको सरकारी गाडीमा समेत तोडफोड गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons None
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police APF
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports