Incident Reports

बागलुङमा महिलालाई जीउँदै जलाउने प्रयास

2015-06-06

Gandaki, Baglung, Baglung

 बागलुङ नगरपालिका-१ की एक महिला शरीरमा आगो लागेर गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा बागलुङ नगरपालिका-१ की नानु थापा छिन्। थापालाई थप उपचारको लागि पोखरा लगिएको छ। शनिबार आफ्नै घरमा आगो लगाइएकी थापाको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल, पोखरामा लागिएको छ। मणिपाल अस्पतालमा पनि उपचार हुन नसक्ने भएपछि हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं लैजाने तयारी भएको थापाकी आफन्त शिलशिला केसीले जानकारी दिइन्। उनको शरीरको बाहिरी भागको करिब ९० प्रतिशत जलेको चिकित्सले बताएका छन्। शरीर जलेकाले क्रिटिकल अवस्था भएकाले पोखरा रिफर गरिएको धौलागिरी अञ्चल अस्पताल, बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. तरुण पौडेलले बताए। शनिबार राति करिब ११ बजेको समयमा नानुले 'मरेँ आमा' भनेर चिच्याएको सुनेपछि सोही घरमा डेरा गरी बस्ने कमला शर्मा र लोकेन्द्र शर्माले गएर शरीरमा लागेको आगो निभाएका थिए। 'नानु मरेँ आमा भनेर चिच्याएको सुनेपछि सिरानको तलामा जाँदा नानु र सन्तोष बाथरुममा थिए,' कमलाले भनिन्, 'हाम्रो सर (लोकेन्द्र)ले बाल्टीमा पानी थापेर शरीरमा हालेपछि आगो निभ्यो।' नानुलाई आफ्नै पति सन्तोषले स्प्रिट छर्केर आगो लगाएको हुनसक्ने आफन्तले आशंका गरेका छन्। विगतमा पनि पतिले मानसिक यातना दिने गरेको घाइते नानुकी आफन्त केसीले बताइन्। वैदेशिक रोजगारीमा रहेका सन्तोष जेठ १ गते घर आएका थिए। नानुलाई आफ्नै पति सन्तोषले स्प्रिट छर्केर आगो लगाएको हुनसक्ने आफन्तले आशंका गरेका छन्। विगतमा पनि पतिले मानसिक यातना दिने गरेको घाइते नानुकी आफन्त केसीले बताइन्। वैदेशिक रोजगारीमा रहेका सन्तोष जेठ १ गते घर आएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments