Incident Reports

विप्लव माओवादीले बस्नेतलाई कालोमोसो दलेर पेट्रोल छर्किदियो

2015-06-08

Province 1, Udayapur, Triyuga, Ward 11

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १ बोक्सेमा रहेको त्रियुगा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष शङ्कर बस्नेतमाथि आज कार्यालयमा बैठक बसिरहेको बेला मध्यान्ह १२ बजे केही नकाबधारीले कालोमोसो दलेर पेट्रोल छर्किदिएका छन् । उपभोक्ता समितिका पदाधिकारीहरुको बैठक बसिरहेका बेला पाँच जना नकाबधारी प्रवेश गरेर बस्नेतमाथि पेट्रोल छर्कनुका साथै कालोमोसो दलेको पीडित बस्नेतले बताए । यता प्रहरीले बस्नेतमाथि पेट्रोल छर्केर मोसो दल्नेहरुको खोजीकार्यलाई तीव्रता दिइएको उदयपुरका प्रहरी उपरीक्षक टेकबहादुर गुरुङले बताए । उनले आफू्माथि मोसो दल्ने र पेट्रोल छर्कने समूह नेत्रविक्रम चन्द विप्लव समूहको माओवादी कार्यकर्ता भएको कुरासमेत दाबी गरे । उनका अनुसार मोसो दलेर उक्त नकाबधारी समूह मकैबारीतिर गएको थियो । चन्द समूहले भने बस्नेतमाथि त्रियुगा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीमा करोडौँको भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ । बस्नेतमाथि भएको दुव्र्यवहारको चन्द समूहका उदयपुर जिल्ला इन्चार्ज केदार राईसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Other political issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments