Incident Reports

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

2015-06-03

Province 1, Khotang, Rupakot Majhuwagadhi

कुटपिट गरी श्रीमतीको हत्या आरोपमा खोटाङमा श्रीमान पक्राउ परेका छन्। शुष्मा भनिने २६ वर्षीया श्रीमती लीला राई (श्रेष्ठ)को कुटपिट गरी हत्या गरेको आरोपमा कुभिण्डे–३ का २७ वर्षीय मनकुमार श्रेष्ठ पक्राउ परेका हुन्। श्रीमतीको हत्या स्वयम् मनकुमारले गरेको भन्ने माइतीपक्षबाट किटानी जाहेरी आएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरीक्षक यादव गौतमले बताए। लीला जेठ–२० गते बिहान घर नजिकै केराघारीमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन्। शनिबार पक्राउ परेका श्रेष्ठलाई आईतबार चार दिनको म्याद थप गरि कारबाही थालिएको छ। उनले श्रीमतीलाई जेठ–१९ गते राती सामान्य कुटपिट गरेको स्वीकारेको प्रहरीको भनाइ छ। मृत फेला परेकी लिलाको ढाड र पाखुरामा निलडाम भेटिएको घटनास्थल पुगेका प्रहरीले जनाएको छ। उनको हत्या भएन–भएको विषयमा यकिन गर्न अस्पतालबाट शव परीक्षण रिपोर्ट आउन बाँकी रहेको प्रहरी नायव निरीक्षक गौतमले बताए। चार वर्षअघि प्रेम बिवाह गरेका लीला र मनकुमारको दुई छोरा छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments