Incident Reports

महिलालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

2015-05-17

Lumbini, Rolpa, Tribeni

जिल्ला प्रहरी कार्यालय रोल्पाले एक महिलालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गैरीगाउँ गाविस–५ का ३४ वर्षका झकास भनिने गोपाल बुढा र बलात्कार गराउन सहयोग गर्ने कोटगाँउ गाविस–४ की २६ वर्षकी जर्सीमाली सुनार रहेका छन् । गएको जेठ ३ गते जर्सीमालीले पीडित महिलालाई मोबाइल किनि दिन्छु भनि लिबाङ बजार ल्याई झकाससँग भेट गराइदिएको प्रहरीले बताएको छ । मोबाइल किनिदिने दाई उहाँ नै हो भनि लिबाङस्थित एक होटलमा एक रात बसी अर्काे दिन लिबाङ भन्दा तिला बजारमा राम्रो मोबाइल पाइन्छ भनि तिला बजारमा लगेर आरोपित झकासले ५ दिनसम्म आफ्नै कोठामा बन्धक बनाएको प्रहरीको भनाई छ । झकासले अन्य अपरिचित २ जना मानिसहरु समेतलाई बलात्कार गर्न लगाएको र कसैलाई भनेमा ज्यानमार्ने धम्की दिइको पीडित महिलाले प्रहरी समक्ष बताएको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान र अन्य आरोपितहरुको खोजी भैरहेको रोल्पाका प्रहरी प्रमुख डिएसपी रमेश थापाले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
Total Abducted 1
Female Abducted 1
National/Online Media

0 Comments