Incident Reports

सशस्त्रका असईले जनपथका हवल्दार कुटे

2015-06-08

Province 1, Jhapa, Mechinagar

सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकरभिट्टाका एक प्रहरी सहायक निरीक्षकले इलाका प्रहरी कार्यालय काँकरभिट्टाका हवल्दारलाई सोमबार कुटपिट गरेका छन् । सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक दीपककुमार श्रेष्ठले इलाका प्रहरी कार्यालय काँकरभिट्टाका हवल्दार गगनकुमार चौधरीलाई सडकमै मुक्का हानेका हुन् । सोमबार मध्यान्न एक महिला व्यापारीले खाने तेल भन्सार नगरी लाँदै गर्दा हवल्दार चौधरीले केरकार गर्ने क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक श्रेष्ठले जनपथका हवल्दार चौधरीलाई कुटेका थिए । चौधरीको काँकरभिट्टास्थित निजी क्लिनिकमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि मेची अञ्चल अस्पताल लगिएको छ । सशस्त्र प्रहरीको कुटपिटबाट घाइते चौधरीको अनुहार सुन्निएको छ । उनको आँखा, गाला र ओठमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । भन्सार सुरक्षा र राजस्व छली रोक्नको लागि ढाटसँगै सशस्त्र प्रहरीलाई राखिएको छ भने त्यसको ५० मिटरभित्र नेपाल प्रहरीका २ जवान भन्सार नभएको र अखाद्य बस्तुलाई नेपाल प्रवेश नदिन ड्युटीमा हुन्छन् । सशस्त्रले चेक नगरेको अवस्थामा भारतीय बजारबाट ती व्यापारीले ल्याएको खानेतेल प्रहरीले चेक गर्ने क्रममा सशस्त्रका असईले जनपथका हवल्दार चौधरीसँग विवाद गरेका थिए । प्रहरीको कुटाकुट हेर्न काँकरभिट्टा भन्सारमा भेला भएका सर्वसाधारण । विवाद बढदै गएपछि श्रेष्ठले चौधरीलाई मुक्का हानेका थिए । नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरी नायव निरीक्षकले भने, ‘एकपल्ट होइन यसअघि पनि धेरै पटक सशस्त्र प्रहरीको हेपाहा प्रवृत्तिको हामीले सामना गरेका छौं ।’ प्रत्यक्षदर्शी रेशव क्षेत्रीका अनुसार श्रेष्ठले चौधरीलाई मुक्का हानेपछि त्यहाँ ड्युटीमा रहेका सबै सशस्त्र प्रहरीले चौधरीलाई कुटेका थिए । क्षेत्रीले भने, ‘एकजना हवल्दारमाथि सबै सशस्त्र प्रहरी जाइलागेपछि निकै भिड बढ्यो । प्रहरी प्रहरीको कुटाकुट पनि यिनै आँखाले हेर्नु पर्यो ।’ अर्का प्रत्यक्षदर्शी भ्यान चालक हेम पुलामीले प्रहरीको यो हर्कत जात्रा भएको टिप्पणी गरे । उनले भने, ‘मुक्का खाएपछि प्रहरी हवल्दार इप्रका जाँदै थिए, सशस्त्रका सबै आएर हवल्दारलाई पुनः भकुरे, यो त अन्याय भो ।’ झगडामा संलग्न सशस्त्र प्रहरी सहायक निरीक्षक श्रेष्ठले चौधरीमाथि कुटपिट नगरी प्रहरी कार्यालयमा बुझाउन आफूले हात लगाएको दाबी गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports