Incident Reports

किटानी जाहेरी नदिन बलात्कारीद्वारा धम्की

2015-05-28

Sudurpashchim, Kailali, Dhangadhi, Ward 5

घरमा सुतिरहेका बेला एक महिलालाई अपहरण गरी सामूहिक बलात्कार गर्नेले प्रहरीमा किटानी जाहेरी नदिन पीडित पक्षलाई दबाव दिएका छन् । किटानी जाहेरी दिए ज्यान मार्ने धम्की आएको पीडितका श्रीमानले बताउनुभयो । उहाँले भन्नुभयो, “उजुरी दिएमा हामी श्रीमान श्रीमतीलाई नै मार्ने धम्की आएको छ ।” गत जेठ १४ गते गर्मीका कारण छतमा सुतेकी धनगढीकी एक महिलालाई पाँच जना युवाले अपहरण गरी सामूहिक बलात्कार गरेका थिए । कामको सिलसिलामा श्रीमान पहाड गएको बेला घरमा कोही नभएको मौका छोपी महिलालाई अपहरण गरिएको थियो । गर्मीका कारण कोठामा सुत्न नसकेर छतमा सुतेकी महिलालाई अपहरण गरेर घरको पश्चिमपट्टी रहेको मोहना नदीको जङ्गलमा पु¥याइएको थियो । “छतमा दुई जना आएर हल्ला गरे, ज्यान मार्ने धम्की दिँदै अपहरण गरे”, पीडित पक्षले भनेका छन् । पीडकले बलात्कार गरी ती महिलालाई बोराडाँडीको खेतमा छाडेका थिए । महिलाको श्रीमान पहाडबाट झरेपछि मात्रै घटनाबारे खुलेको हो । आफू पहाडबाट फर्केर आएपछि १७ गतेमात्रै घटना थाहा भएको पीडितका श्रीमानले बताउनुभयो । उहाँले प्रहरीमा किटानी जाहेरी दिएमा पीडक पक्षले ज्यान मार्ने धम्की दिएको बताउनुभएको छ । पीडकका आफन्तले समेत त्यस्तै धम्की दिन थालेपछि पहिले बस्दै आएको डेरा छोडेर आफन्तको शरणमा पुगेका पीडित पक्षको भनाइ छ । पीडक पक्षबाट धम्की आए पनि पीडितले उजुरी दिएपछि प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोराडाँडीका २१ वर्षीय प्रकाश कुँवर, २० वर्षीय किसन शाही र शुशील रावल रहेका छन् । बलात्कारमा संलग्न भनिएका सोही ठाउँका १९ वर्षीय निरज शाही र २१ वर्षका बिमल गुरुङ फरार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडितका अनुसार पाँच जनामध्ये तीन जना घरको तल बसेका र दुई जना छतमा गएर हल्ला गरे मारिदिने धम्की दिइ अपहरण गरेका थिए । बलात्कारीहरूले घटनाबारे कसैलाई भने श्रीमानलाई समेत मारिदिने आफूलाई धम्क्याएको पीडितले बताएका छन् । घटनापछि पक्राउ परेका निरजका आफन्तले धम्की दिइरहेको पीडितले बताएका छन् । घटनामा संलग्न भनिएका अन्यका आफन्तले समेत पैसाको प्रलोभन देखाएर आपसमा मिलाउन दबाब दिइरहेको पीडितका श्रीमानले बताउनुभयो । डोटी घर भएका पीडितका श्रीमान धनगढीमा बसेर खुद्रा व्यापार गर्दै आउनुभएको छ । गत मङ्सिरमा बिहे गर्नुभएकी पीडित महिला डेढ महिनादेखि श्रीमानसँग धनगढीमा बस्न थाल्नुभएको थियो । श्रीमान सामान बेच्न डडेल्धुरा गएका बेला ती महिला बलात्कृत हुनुभएको हो । पीडित महिलाको अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक विश्व खड्काले घटनाको अनुसन्धान र पक्राउ परेकाहरूसँग बयान लिने काम भइरहेको बताउनुभएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments