Incident Reports

गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न व्यक्ति पक्राउ

2015-06-09

Bagmati, Kathmandu, Kathmandu

गोली प्रहार घटनामा संलग्न रही फरार रहेका काठमाडौँ महानगरपालिका–२ गैह्रीधारा सरस्वती मार्ग बस्ने २९ वर्षीय डेनिश श्रेष्ठलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । २०६४ साल फागुन ५ गते विहान ४ बजे कास्की धम्पुस–६ घर भई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भु बुद्धपार्क, विनायक मार्ग डेरा गरी बस्दै आएका २८ वर्षीय प्रेम कुमार गुरुङलाई निजकै श्रीमती अनिता गुरुङको योजनामा गोली प्रहार गरी हत्या गरेको घटनामा फरार रहेका श्रेष्ठलाई प्रहरीले जेठ २२ गते गैह्रीधारा सरस्वती मार्गबाट पक्राउ गर्न सफल भएको हो । घटना पश्चात अभियुक्त श्रेष्ठ नेपाल तथा थाइल्याण्डमा समेत लुकिछिपी बस्ने गरेको र जेठ २३ गते थाइल्याण्ड जाने तयारीमा रहेको समेत खुल्न आएको छ । निजलाई सोमबार काठमाडौँ जिल्ला अदालतमा बुझाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports