Incident Reports

प्रहरीको कुटाइबाट कानको जाली फुट्यो

2015-06-05

Madhes, Dhanusha, Janakpur, Ward 2

प्रहरी जवानको कुटाइबाट ठेलामा फलफुल बेच्दै आएक जनकपुरका एक व्यापारिको कानको जाली फुटेको छ । धनुषा देवपुरा रुपैठा ४ का ३० वर्षीय विरेन्द्रकुमार दासको दायाँ कानको जाली फुटेको हो । स्थानिय जानकी प्रहरी चौकीका प्रहरी जवान विनोद यादवले कन्चटमा झापडले हानेर आफ्नो कानको जाली फुटाई दिएको दासले बताए । शुक्रबार साँझ जानकी मन्दिर र जनकचोक जाने सडक छेउँमा आँप विक्रि गरिरहेका समयमा प्रहरी जवान यादवले एक्कासी ‘यहाँ ठेला किन राखिस् ’भन्दै कनचटमा हिर्काएको दासले बताए । प्रहरीले कन्चमा हिर्काउदा कानबाट रगत आएको र अत्याधिक दुखेको बताउदै उनले भने 'भोलीपल्ट कान जचाँउदा डाक्टरले कानको जाली फुटेको छ भने।' डा. अशोक गुप्ताले कानको जाली फुटेको बताएको दासले बताएका छन् । आर्थिक अवस्था कमजोर रहेका दासले ठेलामा फुलफुल बचेर परिबार चलाउदै आएका छन् । अन्नपूर्णसगँ उनले भने म सगँ कानको उपचार गर्ने पैसा पनि छैन, कसरी उपचार गर्ने चिन्तित छु । प्रहरी जवान यादवलाई कारवाहीको लागि उजुरी गर्न जादा आफुलाई प्रहरी कार्यालय भित्र समेत छिर्न नदिएको दासको दुखेसो पोखे छ । यता जानकी चौकीमा बुझ्न खोज्दा घाइते दासलाई चौकीमै पठाई दिन प्रहरीले आग्रह गरेका छन् । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports