Incident Reports

काँग्रेस पार्टी कार्यालयमा तोडफोड

2015-06-12

Bagmati, Chitawan, Ratnanagar, Ward 4

रत्ननगर (चितवन), जेठ २९ नेपाली काँग्रेसको क्षेत्रीय कार्यालयमा आज तोडफोड भएको छ । अज्ञात समूहले फूलबारीमा रहेको क्षेत्रीय कार्यालयमा तोडफोड गरेको काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले जानकारी दिए । तोडफोडबाट झ्यालका सिसा फुटेका छन् भने टेबल कुर्सी समेत टुटफुट भएको सभापति गुरुङले बताए । तोडफोड गर्ने समूहको पहिचान भने खुलेको छैन । कुन उद्देश्यले तोडफोड गरिएको भन्नेबारे जानकारी नआएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्षतिको विवरण सङ्कलन भइरहेको काँग्रेसले जनाएको छ । सो क्षेत्र प्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्र हो । उनले विजयी भएर सिट छाडेपछि रामकृष्ण घिमिरेले उपचुनावमा विजयी हुनु भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments