Incident Reports

ऋतु महासेठका हत्यारालाई सर्वस्वसहित जन्मकैद

2015-06-15

Bagmati, Kathmandu, Kathmandu

साथीको बिहेमा हिँडेकी ऋतु महासेठको छुरी हानी हत्या गर्ने विमलेशप्रसाद यादवलाई काठमाडौं जिल्ला अदालतले आइतबार दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले उनीमाथि प्रहरीले लगाएको हत्याको अभियोग पुष्टि गर्दै ऋतुको मृत्यु उनकै छुरा प्रहारबाट भएको ठहर गरेको हो । यादवले गत मंसिरमा मैतिदेवीमा छुरा प्रहार गरी ऋतुको हत्या गरेका थिए । जनकपुरस्थित ऋतुकै घरमा ट्याक्टर ड्राइभरका रुपमा काम गर्ने यादवले आफूहरुबीच प्रेम सम्बन्ध भएको र उनी पढ्न काठमाडौं आएपछि त्यो टुटेको भन्दै रिसको झाेंकमा छुरा हानेको बयान प्रहरीसमक्ष दिएका थिए । ऋुतु पढ्न काठमाडौं आएपछि उनी पनि काठमाडौंमा आएका थिए । उनले पटक पटक ऋतुलाई भेटेर प्रेम सम्बन्ध कायम राख्न दबाद दिँदै आएका थिए । ‘ऋतुले पहिलेको घटना बिर्सन’ भनेपछि सहन नसकी छुरा प्रहार गरेको उनले प्रहरीसँगको ‘मौकाको कागज’ मा बयान दिएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments