Incident Reports

संस्कृत विश्वविद्यालयमा तालाबन्दी

2015-06-15

Lumbini, Dang, Tulsipur

 नेपाल संस्कृत विश्वविद्यालय बेलझुन्डी दाङमा नेपाल विद्यार्थी सङ्घले विभिन्न माग राखेर गत वैशाख २२ गतेदेखि लगाएको तालाबन्दी अझै खोलिएको छैन। नेवि सङ्घलगायतका विद्यार्थी सङ्गठनहरुले विश्वविद्यालयका कुलसचिव जगतप्रसाद उपाध्यायसँग यसअघि भएको सहमति कार्यान्वयनको माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय, केन्द्रीय आयुर्वेद विद्यापीठ र आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्। लामो समयदेखि तालाबन्दी भएपछि विश्वविद्यालयका सबै काम पूर्णरुपमा प्रभावित भएका छन् भने केही परीक्षा सञ्चालनमा समेत समस्या आएको छ। यसैबीच आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच आइतबार ताला खुलाउने विषयमा करिब चार घन्टासम्म भएको छलफल कुनै टुङ्गोमा पुग्न नसकेको र आज पनि छलफल गरिने विश्वविद्यालयका नेवि सङ्घ इकाइ सभापति स्थानेश्वर गौतमले बताए। विश्वविद्यालय प्रशासनले भने विगतमा विद्यार्थीसँग माग पूरा गर्न सहमति भए पनि अहिले तत्काल नै सबै कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको जनाएको छ।

रासस

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments