Incident Reports

बाख्रासहित तीन नेपाली भारतीय कब्‍जामा

2015-06-09

Lumbini, Bardiya, Badhaiyatal, Ward 1

भारतसँगको सीमा क्षेत्रमा बाख्रा चराउन गएका बर्दियाका तीन नेपालीलाई भारतीय वनरक्षकले एक सातादेखि नियन्त्रणमा राखेका छन्। बर्दियाको जमुनी नाकानजिक सीमाक्षेत्रको भारतीय वनमा बाख्रा चराउन गएका ती तीनजनालाई भारतीय वनरक्षकले नियन्त्रणमा लिएका हुन्। बर्दिया जमुनी १ का ५५ वर्षीय धनबहादुर सुनार, ३० वर्षीय किरण राई र २३ वर्षीय गोरे नेपाली भारतीय वनरक्षकको नियन्त्रणमा परेका हुन्। उनीहरूका साथमा रहेका ५५ वटा बाखा्रसमेत बेपत्ता रहेको स्थानीय बताउँछन्। बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दराम परियारले बाख्रा चराउन जेठ २६ गते सीमाको जंगल पसेका उनीहरूलाई बाख्रासहित भारतीय वनरक्षकले पक्राउ गरेको जानकारी आएको बताए। जमुनी वन क्षेत्रबाट पटकपटक नेपाली नागरिक बेपत्ता हुँदै आएका छन्। बर्दिया प्रहरीले भारतीय वनमा बाख्रा चराउन गएकाले उनीहरूलाई वनरक्षकले नियन्त्रणमा लिएको उल्लेख गरेको छ। उनीहरूलाई छुटाउन जिल्ला वन अधिकृत र प्रमुख जिल्ला अधिकारीमार्फत कुराकानी भइरहेको प्रहरी प्रमुख परियारले बताए। 'भारत बहराइचका डिएमसँग प्रमुख जिल्ला अधिकारीमार्फत कुराकानीफ्भइरहेको छ भने वनका हाकिमसँग एलडीओमार्फत कुराकानी भइरहेको छ', उनले भने। भारतीय वनरक्षकको बन्धकमा रहेका नेपालीलाई छुटाउन प्रतिबाख्रा एक हजार ६ सय रुपैयाँ मागेको स्थानीयहरू बताउँछन्। सीमानजिकै भएकाले बर्दिया जमुनी क्षेत्रका स्थानीय प्राय: भारतीय वनमै गाईबाख्रा चराउँछन्। कतिपय बेला सनककै भरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय वनरक्षकहरूले नेपालीलाई पक्रने स्थानीयको आरोप छ। बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोद कुँवरले पक्राउ परेकाहरूलाई छुटाउन प्रयास भइरहेको बताए। 'वन र हामीमार्फत प्रयास भइरहेको छ। एकदुई दिनभित्र निकास निस्किएला', कुँवरले भने। भारतीय वन रक्षकहरूले नेपालीहरूलाई बाख्रासहित नियन्त्रणमा लिएपछि बर्दिया जमुनीका स्थानीयले तीन दिनदेखि नेपाल-भारत नाका ठप्प पारेका छन्। स्थानीयले नाका ठप्प पारेपछि नेपाल भारतबाट आवतजावत गर्नेहरू सीमामै अलपत्र परेका छन्। नेपाली नागरिकलाई भारतीय वनरक्षकले नियन्त्रणमा लिएको घटनाको तत्काल छानबिन गर्न निर्देशन दिइएको अञ्चल प्रहरी कार्यालय भेरीकावरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठले बताए। जमुनी नाकामा यसअघि भारतीय सीमा प्रहरी बलले बेपत्ता पारेका धनबहादुर शाही अझै फेला परेका छैनन्। २०५३ जेठमा भैंसी चराउन गएका स्थानीय मंगल तामाङलाई भारतीय प्रहरीले गोली हानी हत्या गरेको थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Security forces (unspecified)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports