Incident Reports

श्रीमतीलाई खुकुरी हान्ने श्रीमान पक्राउ

2015-06-15

Province 1, Udayapur, Chaudandigadhi

श्रीमतीलाई खुकुरी हानेको आरोपमा उदयपुरको बेल्टारबसाहा नगरपालिकाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्ला जिल्ला घर भई हाल ससुराली घर बेल्टारबसाहा–७ तल्लोबसाहामा बस्दै आएका ५४ बर्षका धनऋषि आचार्य रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले आरोपित आचार्यले हत्या गर्ने उद्देश्यले २६ बर्षकी श्रीमती माया विकलाई खुकुरी हानेकाले पक्राउ गरिएको बताउनुभयो । सोमबार बिहान आचार्यले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट मायाको टाउको, नाक, खुट्टा र हातमा गहिरो चोट लागेको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी मायाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
National/Online Media

0 Comments