Incident Reports

पत्रकारलाई ‘काटेर चोभारको डाँडामा फालिदिने’ धम्की

2015-06-16

Bagmati, Kathmandu, Kathmandu

नेपाल प्रेस युनियन चितवन शाखाका सदस्य श्याम सुन्दरप्रसाद गिरीलाई ज्यान मार्ने धम्की आएको छ । फिल्मी डिजिटल पत्रिका फिल्मबजार डटकम सञ्चालन गर्दै आएका पत्रकार गिरीलाई यही असार १ गते भूकम्पपीडितका नाममा राहत सङ्कलन गर्न अमेरिका उड्न थाले कलाकार शीर्षकमा समाचार प्रकाशन गरेको भन्दै कलाकार सुदर्शन गौतमले अमेरिकाको टेक्सास राज्यको फोन नम्बर(+१५१२५९०४०१२) बाट गिरीको मोबाइलमा ज्यान मार्ने धम्की दिएको पीडित पत्रकारले बताए । कलाकार गौतमले काटेर चोभारको डाँडामा फालिदिनेसम्मको धम्की दिएको उनको भनाइ छ । यसैबीच नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक वक्तव्य जारी गरी समाचारमा चित्त नबुझे कानुनी रुपमा जान सकिने बाटोलाई छोडेर ज्यान मार्ने धम्की दिने व्यक्तिलाई निगरानीमा राखेर कारबाहीको प्रक्रिया थाल्न सरकारसँग आग्रह गरेका छन् । पत्रकार व्यावसायिक सुरक्षाको लागि लडिरहेको अवस्थामा विभिन्न नाममा आउने धम्कीको प्रेस युनियनले घोर भर्सना गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments