Incident Reports

गाडी दाइजो नल्याउँदा पूर्वमन्त्रीले यातना दिएको श्रीमतीको आरोप

2015-06-19

Bagmati, Kathmandu, Kathmandu

पूर्व कानून मन्त्री एवं संविधानसभाका सदस्य बृजेशकुमार गुप्ताले भने अनुसारको दाइजो नल्याएको भन्दै श्रीमतीलाई घरबाट निकालेको आरोप लागेको छ। गुप्ताकी श्रीमतीले सिआइडी मोडलको स्कारपिओ गाडी दाइजो नल्याएको भन्दै आफूमाथि यातना दिएको दाबी गरेकी छिन्। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गुप्ताकी श्रीमती संगीताले विहेपछि आफूलाई दाइजोस्वरुप स्कारपियो गाडी ल्याउन भन्दै यातना दिएको दाबी गरिन्। 'सात वर्षअघि विवाह भएकोमा विवाह पश्चात स्कोर्पियो सीआडीई मोडलको सवारी साधन दिन माग गर्दै ममाथि हिंसा सुरु भयो,' उनले भनिन,' हिंसाकै क्रममा आफ्नो दुई पटक गर्भपतन भयो।' घर फर्किए हत्या गर्ने चेतावनी दिएपछि विगत ४ महिनादेखि न्यायको लागि राष्ट्रिय महिला आयोगदेखि विभिन्न स्थानमा धाईरहेको उनले बताइन्। पत्रकार सम्मेलनमा उनले आफूलाई पतित प्रमाणित गर्न घरमा काम गर्ने नोकरबाट आफूमाथि दुर्ब्यहार समेत गर्न लगाएको बताउँदै तत्काल सम्बन्ध विच्छेद नगरे मार्ने समेत चेतावनी दिएको बताए।राष्ट्रिय महिला आयोगकी प्रवक्ता मनु हुमागाईले सभासद बृजेश कुमार गुप्तालाई सो विषयमा छलफल गर्न चार पटक बोलाएपनि बेवस्ता गरी नआएको उल्लेख गर्दै भनिन, 'अरु भएको भए प्रहरीले समातेर ल्याउथ्यो। शक्तिशाली ब्यक्ति भएकोले नल्याएको होला।'मुलुकमा पछिल्लो समयमा उच्च ओहदामा रहेका ब्यक्तिहरुबाट हुने महिला हिंसा बढेको उल्लेख गर्दै यसले महिला हिंसाको अवस्थालाई अझै जटिल बनाएको बताइन। उनले घरेलु हिंसा रोक्न ऐन बनेपनि कार्यान्वयन हुन नसक्दा समस्या भएको भन्दै भएका ऐनको कार्यान्वयन र नयाँ ऐनका आवश्यकतामा जोड दिइन।पुर्वमन्त्रीसमेत रहेका बृजेशकुमार गुप्ताले आफूमाथि लगाइएको आरोप निराधार भएको बताए। सात वर्ष अगाडि विवाह भएदेखि नै श्रीमतीले विभिन्न वहानामा आफूसँग झगडा गर्ने गरेको उल्लेख गर्दै उनले अति भएपछि आफूले सम्बन्ध विच्छेदको लागि अदालतमा उजुरु दर्ता गराएको बताए। 'म कस्तो मानिस हुँ भनेर दुनियालाई थाहा छ,' गुप्ताले नागरिकन्युजसँग भने,'मेरो चरित्र हत्या गर्ने प्रयास विगतदेखि नै भइरहेका थिए। आजको पत्रकार सम्मेलन त्यसैको निरन्तरता हो।' उनले दाइजोमा स्कारपियो गाडीको माग गरेको कुरा निराधार भएको दाबी गरे। 'अति भएपछि मैले सम्बन्ध विच्छेदको लागि अदालतमा मुद्दा दिएको छु,' उनले भने, ' सो कुरा थाहा पाएपछि मेरो बद्नाम गर्न महिला आयोग, भारतीय दुतावासलगायतका स्थानमा गुहार माग्ने काम उँहा(श्रीमती ) बाट भएको ।' उनले सात वर्षअगाडि विवाह भएपनि विगत चारवर्षदेखि आफूहरु अलग बस्न थालेको उनले बताए। श्रीमतीलाई पिटेर दुई पटक त गर्भ पतन नै भएछ नी भन्ने प्रश्नमा गुप्ताले भने, 'आजसम्म मैले कसैमाथि पनि हात उठाएको छैन।' गुप्ताले अाफूहरूकाे पाँच वर्षीय छाेरा रहे पनि छाेरालाई अाफूसँग बस्न नदिएकाे बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
National/Online Media

0 Comments