Incident Reports

१२ लाख कुम्ल्याउन अपहरण गरी हत्या

2015-06-17

Sudurpashchim, Kanchanpur, Krishnapur

RSS परिचित व्यक्तिले फोनबाट भेट गर्ने प्रस्ताव स्वीकार गर्दै हिँडेका कञ्चनपुर कृष्णपुर गाविस–७ सिंहपुरका घुम्मन चौधरी चार दिनपछि हत्या गरी फालिएको अवस्थामा भेटिएका छन् । गत बुधबार परिचित व्यक्तिले मध्यराति १२ बजे जरुरी काम छ भन्दै बोलाएपछि घर छाडेका ३५ वर्षीय चौधरी शनिबार कैलालीको गोदावरी पुलभन्दा पाँच किलोमिटरमाथि भूमिगत नालीमुनि हत्या गरी फालिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ । प्रहरीका अनुसार चौधरीले केही दिनअघि मात्रै रु १२ लाखमा जग्गा बिक्री गरेकाले जग्गा बिक्री गरेको रकम हात पार्न उनको अपहरण गरी हत्या गरेको हुन सक्छ । प्रहरीले घटनामा प्रयोग भएको मोबाइल फोनका मालिक कृष्णपुरकै परमानन्द भट्टलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक वासु अवस्थीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Murder/attempted Murder
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports