Incident Reports

बालिका बेचबिखनका आरोपितबिरुद्ध मुद्दा दर्ता

2015-06-16

Province 1, Udayapur, Triyuga

Bharat Khadka १७ वर्षीया बालिकालाई ललाईफकाई बेचबिखनका लागि छिमेकी मुलुक भारततर्फलैजान लागेको आरोपमा गिरफ्तार परेका त्रियुगा नगरपालिका-५ का ४१ वर्षीय अर्जुन भनिने एकबहादुर बस्नेतविरुद्ध असार ७ गते मुद्दा दर्ता भएको छ । असार २ गते विभिन्न प्रलोभन देखाइ छिमेकी मुलुकतर्फलैजाँदै गर्दा आरोपितलाई प्रहरीले त्रियुगा नगरपालिका-१२ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी टेकबहादुर गुरुङले बताए । आरोपितले सवारी साधनमा चढाएर लैजाँदा सबैले थाहा पाउने र गिरफ्तारमा पर्ने डरले जङ्गलको बाटोबाट बालिकालाई भगाएको पीडित परिवारको भनाइ छ । गिरफ्तार परेका बस्नतेविरुद्ध पीडित परिवारले असार ३ गते जिप्रकामा निवेदन दिएका थिए । आरोपितलाई मानव वेचबिखन तथा ओसारपसार ऐनअर्न्तगत मुद्दा दायर गरिएको एसपी गुरुङले बताए । भरत खड्का

0 Comments