Incident Reports

सिटी सफारीको विवादमा धरान तनावग्रस्त

2015-06-22

Province 1, Sunsari, Dharan

धरानमा अवैधानिक सिटी सफारी सञ्चालन गरेपछि टेम्पो चालक र सफारी चालकवीच झडप भएको छ । टेम्पो चालकहरुले अबैधानिक सिटी सफारी बन्द गर्नु पर्ने माग राखेपछि सिटी सफारी संचालकहरुले टेम्पो चालकलाई कुटपिट गर्दा झडप भएको हो । सफारी संचालकहरुको समुहले को १ ह २३ नम्बरको टेम्पोका चालक किसन राईलाई कुटपिट गरेपछि धरानमा झडप भएको थियो । टेम्पो चालक राईलाई कुटपिट भएपछि आक्रोशित टेम्पो चालकहरुले विरोध प्रर्दशन गरेका छन् । एक सय भन्दा बढी टेम्पोसहित विरोधमा उत्रिएका टेम्पो चालकहरुले सिटी सफारी संघको कार्यालयमा तोडफोडको प्रयास गरेका थिए । उनीहरुले सिटी सफारी संघको कार्यालयमा गएर साइनबोर्ड च्यातिदिएका छन् । आत्रक्रोशित टेम्पो चालकहरुले सवारी चलाउने कांग्रेस धरानका सभापति किशोर राई, एमाले सुनसरीका सदस्य मिन सुब्बा र एमाओवादीका नेता मनोज भट्टराईले गुन्डा लगाएर अबैधानिक सिटी सफारी चलाएपछि टेम्पो चालकहरु आन्दोलनमा उत्रिएको संघका धरान अध्यक्ष राम तामाङले बताए । आक्रोषित टेम्पो चालकहरुले धरान चतरा सडकखण्डमा टेम्पो तेर्साएर सिटी सफारी कार्यालय तोडफोड गर्न जादा सिटी सफारी संचालकहरु भागेका थिए । सिटी सफारीको कार्यालय तोडफोड गर्न थालेपछि इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले आन्दोलनकारीलाई रोकेको थियो । टेम्पो चालकको आन्दोलनका कारण धरान चतरा सडकखण्डमा यातायातका साधन सञ्चालन हुन सकेनन् । टेम्पो चालकहरुल धरान उपमहानगरपालिकाले सिटी सफारी संचालन गर्न दिएको भन्दै नाराजुलुससहित कार्यालय घेराउ गरे । उनीहरुले मजदुरमारा मुर्दाबाद, गुण्डागर्दी बन्द गर, सिटी सफारी संचालन गर्न पाइँदैन जस्ता नारा लगाउँदै कार्यालय घेराउ गरे । टेम्पो चालकहरुको आन्दोलनका कारण उपमहानगरपालिकाको काम केहीबेर प्रभावित भयो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले टेम्पो चालक कुटपिट गर्नेको खोजी भैरहेको बताए । कोसी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख विष्णु पौडेलले धरानमा संचालन गरिएका सिटी सफारी अबैधानिक भएको भन्दै ट्रफिाक प्रहरीले कारबाही गर्नुपर्ने बताए । पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी नरबहादुर केसीले धरानमा अबैधानिक सिटी सफारीका नाममा दादागिरी गर्नेलाई कारबाही गर्ने चेतावनी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Secondary Cause Extra-judicial response to crime
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports