Incident Reports

कथित बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

2015-06-23

Madhes, Mahottari, Matihani

कथित बोक्सी आरोपमा सिमरदही गाविस- ९ बहुअर्वाकी ३५ वर्षीया सविना खातुनलाई देवर र देवरानीले असार ९ गते निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट बेहोस भएपटि खातुनलाई गाउँकै महिला अधिकारकर्मीले जिल्ला अस्पताल जलेश्वरमा उपचार्रार्थ भर्ना गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार भैँसीले दुध नदिएको निहुँमा उनका देवर ३२ वर्षीय जीवर्रइल कवारी, देवरानी ३० वर्षीय जैलम खातुन र २८ वर्षीय अमिना खातुनले पीडितले टुनामुना गरेको भन्दै लाठी र धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएका थिए । सविनालाई मलमूत्र खुवाइने तयारी गरे पनि स्थानीय महिलाले प्रतिकार गरेका थिए । जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्र पीडितले निवेदन दर्ता गराए पनि कारबाही प्रक्रिया अगाडि बढाएको छैन । घटनामा संलग्नहरू फरार भएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , INSEC

0 Comments