Incident Reports

शिव थापाका हत्यारा टेकबहादुर पक्राउ

2015-06-25

नेकपा एमालेका जिल्ला नेता शिव थापा मगरको हत्याकाण्डका मुख्य अभियुक्त मानिएका विक्रम भनिने टेकबहादुर तामाङ अन्ततः पक्राउ परेका छन्। लामो समयदेखि लुकिछिपी विभिन्न अपराधमा संलग्न रहंदै आएका तामाङलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले काठमाण्डौबाट असार ५ गते पक्राउ गरि ६ गते जिल्ला प्रहरी कार्यालय धादिङलाई बुझाएको हो । जिल्ला प्रहरी कार्यालय धादिङले जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशअनुसार तामाङलाई कारागार चलान गरको छ। जिल्ला प्रहरी कार्यलय धादिङको मुद्दा शाखाका प्रहरी निरीक्षक बासुदेव थापाका अनुसार, काठमाडौंबाट पक्राउ परि धादिङमा बुझाईएपछि तामाङलाई जिल्ला अदालतमा बुझाएकोमा अदालतको पहिल्यै अभियुक्त ठहर गरेकाले कारागार पठाउने आदेश दिएको हो। २०६७ सालमा दशै मनाउन घर गएका बेला एमाले जिल्ला सदस्य थापालाई टेकबहादुरको समुहले नियन्त्रण लिइ घाँटी रेटेर हत्या गरि भीरमा फालिदिएको थियो। तत्कालिन् नेकपा माओवादीको भातृसंगठन वासिएल सदस्य समेत रहेका टेकबहादुर शिव थापाको हत्याको आरोपमा मुछिएपछि जिल्लाका दुई ठुला दलका बीच राजनैतिक विवाद निम्तिएको थियो। थापाको हत्यामा टेकबहादुरको संलग्नता रहेको आरोप लागेपछि माओवादीले घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको भन्दै विरोध जनाएको थियो। हत्यामा संग्लन अरु ब्यक्तिहरुलाई पक्राउपछि उनीहरुकै सुराकी र अनुसन्धानको आधारमा टेक बहादुर नै हत्याको मुख्य अभियुक्त रहेको प्रमाण सहित प्रहरीले मुद्धा चलाएको थियो। थापाको हत्यामा टेकबहादुरको संलग्नता रहेको आरोपको पुष्टि गर्दै जिल्ला अदालत धादिङले २०७० बैशाख १६ गतेको फैसलामा थापा हत्याका मुख्य अभियुक्त ठहर गर्दे तामाङलाई कर्तब्य ज्यान मुद्धामा १५ वर्ष जेल सजाय तोकेको थियो। थापाको हत्या भएकै मितिदेखि फरार रहदै आएका टेकबहादुर पछिल्लो समय राजधानिमा लुकिछिपि विभिन्न आपराधिक क्रियाकलाप संचालन गर्दे आएको थाहा पाएपछि महानगरिय प्रहरीले तामाङको खोजीलाई तिव्र पारि पक्राउ गर्न सफल भएको हो। पछिल्लो समय धादिङ प्रहरीले उत्तरी क्षेत्रमा विभिन्न समयमा भएका हत्याकाण्डको जालो तोड्दै फरार अभियुक्तहरु पक्राउ गर्ने कामलाई तीव्रता दिएको छ। फरार अभियुक्तहरुको खोजीका लागि बिशेष अभियान नै संचालन गरिरहेको प्रहरीले एक पछि अर्को सफलता पनि हात पार्दै गएको दावी गरेको छ। जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश मल्लका अनुसार, विगत ५ वर्षअघि देखी धादिङको उत्तरी क्षेत्रमा भएका ५ वटा हत्याकाण्डका सवै अभियुक्तहरु पक्राउ गर्न प्रहरी सफल भएको छ। ‘अझै अन्य केही घटनाका आरोपित तथा अदालतबाट सजायँ फैसला भईसकेका अभियुक्तहरु बांँकी रहेकाले तिनिहरुको खोजीलाई पनि तिव्र पारिएको छ,’ प्रहरी नायव उपरिक्षक मल्लले भने।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports