Incident Reports

दाईबाटै सुत्केरी बहिनी बलात्कृत

2015-06-24

Lumbini, Banke, Baijanath

जिल्लाको चिसापानी–५ मा आफ्नै दाईबाट एकमहिने सुत्केरी बहिनी बलात्कृत भएकी छिन्। माइतीमा आएकी २० वर्षीय सुत्केरी बहिनीलाई बुधबार राति आफ्नै दाईले बलात्कार गरेको पुष्टि भएको छ। बहिनीलाई बलात्कार गर्ने २२ वर्षीय दाई पद्मबहादुर सुनारलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले बिहीबार पक्राउ गरेको छ। एक महिना अघिमात्र सुत्केरी भएकी बहिनीलाई मदिरा सेवन गरी सुनारले बलात्कार गरेको प्रहरीले जनायो। प्रहरीले सुनारलाई पक्राउ गरी हाडनाता र जर्वजस्तीकरणी मुद्दा दर्ता गरेको डिएसपी जनकबहादुर शाहीले बताए। आँफू दाईबाट बलात्कृत भएको भन्दै पीडित सुत्केरी महिलाले कोहलपुर प्रहरी चौकीमा जाहेरी दिएकी छिन्। जाहेरी लगत्तै प्रहरीले ओरोपी सुनारलाई पक्राउ गरेको थियो। बलात्कृत महिलाको मेडिकल कलेज कोहलपुरमा शारीरिक चेकजाँच र उपचारपछि घर फिर्ता भएको प्रहरीले जनायो। बलात्कृत महिलाको स्वास्थ्य समस्यासमेत देखिएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments