Incident Reports

बलात्कार गरेको भनी फसाउन खोज्ने युवतीलाई १५ दिन कैद सजाय

2015-03-28

Lumbini, Kapilbastu, Bijayanagar

अदालतले ३ जना युवाविरुद्ध जबर्जस्ती करणी सम्बन्धी झुठा मुद्दा दिएकी थारु समुदायकी एक महिलालाई १५ दिन कैदको सजाय गरेको छ। संगीन किसिमको हुँदै नभएको जाहेरी दिएर ती युवाहरुलाई फसाउन खोजेको भन्दै ३५ वर्षकी ती महिलालाई अदालतले सो सजाय गरेको जनाएको छ। जिल्ला अदातलका न्यायाधीश किरणकुमार पोख्रेलेको एक ईजलासले आरोपित युवाहरुलाई मुद्दाबाट सफाई दिँदै महिलालाई सो सजाय तोकिएको अदालतका श्रेस्तेदार ईश्वरी भण्डारीले जानकारी दिए। 'घटनाको अनुसन्धानपछि महिलाले युवाहरुलाई फसाउन खोजेको खुलेको थियो, यसरी प्रहरी कर्मचारी र अदालतको समय बर्वाद गरेकोले जाहेरी दिने महिलालाई सो सजाय गरिएको हो', उनले भने । माइतबाट फर्कनेक्रममा जंगलमा आफूलाई गत चैत १५ गते गुगौली गाबिसका गोबिन्द कुमार थारु, रामु थारु र बच्चन थारुले बलत्कारको प्रयास गरको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। उनको जाहेरीको आधारमा प्रहरीले ती युवाहरुलाई पक्राउ गरी जरबरजस्तीकरणी उद्योगको मुद्दा चलाएको थियो। ३ हप्तासम्म ती युवाहरु प्रहरी हिरासतमा रहेका थिए। पछि गत वैशाख २३ गते अदालले उनीहरुलाई धरौटीमा रिहा गरेको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments

Related Reports