Incident Reports

गाविस सचिव झुण्डिएको अवस्थामा मृत फेला

2015-06-27

Province 1, Bhojpur, Ramprasad Rai

भोजपुरको धोद्लेखानी गाविसमा कार्यरत् गाविस सचिव गोपाल चिमरियालाई झुण्डिएको अवस्थामा भेटिएको छ । मोरङ्ग घर भएका चिमरिया शनिबार विहान गाविस कार्यालयभित्रै झुण्डिएको अवस्थामा स्थानीयबासिन्दाले फेला परेका हुन् । सचिव चिमरिया नयाँ नियुक्ति भएर झण्डै ६ महिनाअघिबाट निजामति सेवामा कार्यभार सम्हाल्नुभएको थियो । गाविस कार्यालयका सहयोगी सिताराम ढकालका अनुसार शुक्रबार दिउँसो १ बजेतिर गाविसमा काम छ भनेर हिंडेका चिमरिया बेलुका कोठामा नफर्किएपछि विहान खोजी गर्दा कार्यालयभित्र झुण्डिएको अवस्थामा भेटिएको हो । स्थानीयबासिन्दाले घटनाको विषयमा प्रहरीलाई खबर गरेका छन् । घटनाको कारणबारे घटनास्थल गएर विस्तृत बुझेर अनुसन्धान गरेपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports