Incident Reports

रौतहटमा कांग्रेस– एमाले कार्यकर्ताबीचको झडपमा गोली चल्यो, डेढ दर्जन बढी घाइते

2015-06-26

बाटोको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा शुक्रबार डेढ दर्जन बढी घाइते भएका छन् । स्थानीय पिपरिया परोहा गाविसको कोपवाटोलमा नेपाली कांग्रेस समर्थित मोहिचन राय यादव र एमाले पक्षका सुब्बा राय यादवबीच झडप भएको हो । शुक्रबार बेलुका कांग्रेस पक्षका मोहिचन खेत जोतेर घर फर्कंदा हलोले सुब्बाको पोखरीको डिल भत्काइदिएको भन्दै विवाद सुरु भएको थियो । वादविवाद बढ्दै जाँदा बेलुका सात बजे झडप सुरु भएको थियो । झडपमा चार राउन्ड गोलीसमेत चलेको छ । झडप तीव्र हुँदै गएपछि सदरमुकाम गौरलगायत आसपासबाट ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 50
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth na
Total Injured 18
National/Online Media

0 Comments