Incident Reports

अखिल क्रान्तिकारीद्वारा स्कुल बस तोडफोड

2015-06-28

Province 1, Jhapa, Damak, Ward 4

भर्ना शुल्क नलिने सहमति कार्यान्वयन नगरेको भन्दै अखिल क्रान्तिकारीका एक समूहले आज दमकको ग्लोबल उच्च माविको बसमा तोडफोड गरेका छन्। तोडफोडबाट बसको करिब रु एक लाखको भौतिक सामग्रीमा क्षति पुगेको छ। विद्यार्थी लिनजान लाग्दा अखिल क्रान्तिकारीको एक समूहले बस तोडफोड गरेका हुन्। बसको अगाडिसहित प्रायः सबै सिसा तोडफोड भएको छ। वैशाख ६ गते शिक्षा मन्त्रालय, संयुक्त विद्यार्थी सङ्गठन, अभिभावक सङ्घलगायतबीच भर्ना शुल्क नलिने सहमति भएको थियो। सो विद्यालयले लिएको भर्ना शुल्क विद्यार्थीलाई फिर्ता गर्नेलगायतका विषयमा भएको सहमति कार्यान्वयन गर्न नमानेपछि विद्यार्थीहरु पुनःआन्दोलनमा उत्रनुपरेको अखिल क्रान्तिकारी झापाका अध्यक्ष रवि बस्नेतले बताए। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments