Incident Reports

भारतीयबाट कुटिए नेपाल सशस्त्र प्रहरी

2015-06-28

नेपाली भूमीमा भारतीय बस पार्किङ्ग गर्न नदिएको झोंकमा भारतीयद्वारा महोत्तरीको मुख्य नाका भिठामोडमा सशस्त्र प्रहरीका दुई जवान कुटिएका छन् । गएराती पटना जाने अमरज्योती बसका कन्डक्टर र सहचालकले ड्युटीमा रहेका दुई सुरक्षाकर्मीमाथि हातपात गरेको हो । नेपाली सुरक्षाकर्मी कुट्दिा दुई मिटर टाढा रहेका भारतीय सीमा सुरक्षा बल तथा बिहार पुलिसका ड्युटीवाला मुकदर्शक बनेका थिए । सीमा सुरक्षा कार्यालय सशस्त्र प्रहरी बल महोत्तरीका प्रहरी उपरीक्षक धिरेन्द्र पाण्डेले नेपाली सुरक्षाकर्मी कुट्ने दुई जना भारतीय नागरिकलाई पहिचान गरि कारवाही गर्न भारतीय सीमा सुरक्षा बल र बिहार पुलिसका भिठामोड प्रमुखहरुलाई आग्रह गरिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ड्युटीमा रहेकाहरुसँग दुव्र्यवहार भएपनि हतियार खोस्ने प्रयास भएको छैन्, यसबारे भारतीय पक्षलाई जानकारी गराईसकिएको छ ।’ सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले कुटाई खाने सुरक्षाकर्मी र कुटपिट गर्ने भारतीय बसका कन्डक्टर र सहचालकको नाम बताउन चाहनुभएन । प्रत्यक्षदर्शीका अनुसार बसको पार्किङ्ग रोक्ने बेला अमरज्योती बसको शिशा फुटेपछि उनीहरु सशस्त्र प्रहरीमाथि खनिएका थिए । सशस्त्र प्रहरीले भारतीय सार्वजनिक साधनहरुलाई नेपाली भूमीमा पार्किङ्ग निषेध गरेपछि सम्बन्ध चिसिएको देखिन्छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) APF
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports