Incident Reports

गोरु बोक्ने ट्रक रोकेर रकम असुल्नेलाई अपहरण मुद्दा

2015-07-01

Bagmati, Makawanpur, Hetauda

 गोरु बोक्ने ट्रकलाई राजमार्गमा जबर्जस्ती रोकेर रकम असुल्ने चार जनाविरुद्ध मकवानपुर प्रहरीले अपहरण मुद्दा दायर गर्ने भएको छ। चार जनाले दुई छुट्टा छुट्टै ठाउँमा गोरु बोकर आउँदै गरेका दुई वटा ट्रक रोकर चालक सहचालकलाई जबर्जस्ती बन्धक बनाएर ट्रक मालिकसँग रकम माग गरेको प्रहरको भनाइ छ। यस काममा संलग्नमध्ये दुई जनालाई मात्रै प्रहरीले समाएको छ। प्रहरीले हेटौंडा–१ का शंकर अधिकारी र हेटौंडा–२८ का भुयात थापालाई समाएको हो। अधिकारीलाई असार १५ गते र थापालाई असार १४ गते समाएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ। उनीहरुले असार १३ र १४ गते बोकेका दुई ट्रकका चालक सहचालकलाई बन्धक बनाएको प्रहरीको भनाइ छ। नेपालगञ्ज भन्सारबाट २० वटा गोरु बोकेर सर्लाहीतर्फ जाँदै गरेको ना५ख १०१५ नं. को ट्रकलाई असार १३ गते मध्यान्ह १२ बजे मकवानपुरको हेटौंडा–१७ लच्कामा अधिकारीको समुहले रोकेको प्रहरीले बताएको छ। बा८च ४१९४ नं. को कार र ४/५ वटा नं. नखुलेको मोटर साईकलमा आएका व्यक्तिहरुले ट्रक रोकेका थिए। जबर्जस्ती बाटो छेकेर ट्रक रोकेपछि सह चालक चितवन पिप्ले–७ का तारानाथ पाण्डेलाई ट्रकमै बन्धक बनाएका थिए। ट्रकका चालक चितवन भण्डारा–९ डढुवाका बुद्धिबहादुर पोखरेललाई ट्रकबाट झारेर अपहरणकारीमध्येका दुई जनाले जबर्जस्ती मोटरसाइकलबीचमा राखी कर्रातर्फ ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पशुपतिनगरको गस्ती टोलीले फेला पारेको थियो। प्रहरी नायब निरीक्षक सुन्दर कुमार कार्कीको कमाण्डमा रहेको प्रहरी टोली आएको देखेपछि चालकलाई मोटरसाइकलबाट झारेर उनीहरु चुरीयातर्फ भागेका थिए। प्रहरीले चालक र सहचालकलाई ट्रकसमेत सकुशल उद्धार गरेको थियो। त्यसको भोलिपल्टै अधिकारीकै समूहले फेरि अर्को ट्रकलाई रोकेर रकम माग गरेको अवस्थामा प्रहरीले फेला पारेको हो। कृष्णनगर भन्सारबाट २२ वटा गोरु लोड गरी सर्लाही नवलपुर पुर्याथएर भैरहवातर्फ फर्किदै गरेको ना२ख ५७०३ नं. को खाली ट्रकलाई मिति असार १४ गते साँझ साढे सात बजे हेटौंडा–२९ लेवटमा उनीहरुले रोकेर पैसा मागेका थिए। ट्रकलाई उनीहरुले मुख्य सडकभन्दा ५० मिटरभित्र लगेर रकम मागेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शिशु शर्माले बताए। ट्रकको चालकसर्लाही ढुंग्रेखोला–३ का रमेश थोकर र सह चालक रौतहट चन्द्रनिगाहपुर–८ का सुनिल गौतमलाई कब्जामा लिएर ट्रकका साहुलाई फोन गरी ४० हजार रुपैयाँ माग गरेको प्रहरी प्रवक्ता शर्माले बताए। सूचना पाएपछि प्रहरी निरीक्षकहरु बृजकिशोर चौधरी र मधु कुमार थापासहितको प्रहरी टोलीले ट्रक खोजतलास गर्दै ट्रकसहित चालक सहचालकलाई सकुशल उद्धार गरेको थियो। सो काण्डमा कम्तिमा अन्य दुई जना पनि संलग्न रहेको र फरार रहेका उनीहरुको खोजतलाश भैरहेको प्रहरीको भनाइ छ।। पक्राउ परेका अभियुक्तहरुलाई मानव अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान कार्य भैरहेको प्रवक्ता डिएसपी शर्माले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 1
National/Online Media

0 Comments

Related Reports