Incident Reports

युवती संग दुव्र्यवहार गर्ने ट्राफिक प्रहरी पक्राउ

2014-11-18

Bagmati, Kathmandu, Kathmandu, Ward 28

मापसे चेकजाँचका क्रममा घुसबापत किस माग्दै युवतीलाई यौन दुव्र्यवहार गर्ने प्रहरीका असई सात महिनापछि कारबाहीमा परेका छन् । असई पुरुषोत्तम ढकाललाई विभागीय कारबाहीस्वरूप तीन ग्रेड रोक्का गरिएको छ । गत २ मंसिरमा डिल्लीबजारमा मापसे चेकिङका क्रममा उनले स्कुटरचालक युवतीलाई बिलबुक नवीकरण नगरेको भन्दै कारबाही गर्न खोजेका थिए । तर, एकपटक किस गर्न दिए कारबाहीबाट जोगाइदिने भन्दै उनले युवतीसँग बार्गेनिङ गरेका थिए । पछि युवतीकै स्कुटरमा पछाडि बसेर उनलाई दुव्र्यवहार गरेका थिए । भोलिपल्ट युवतीले महानगरीय ट्राफिक प्रहरी महाशाखामा उजुरी दिएकी थिइन् । सोही दिन महाशाखाले उनलाई निलम्बन गरी छानबिन थालेको थियो । चेकिङमा परेकी युवतीलाई विभिन्न बहानामा नियन्त्रणमा लिएर उनले दुव्र्यवहार गरेको छानबिनका क्रममा समेत पुष्टि भएको थियो । युवतीलाई छाडेपछि पनि उनले पटक–पटक फोन गरेर दु:ख दिएका थिए । करिब सात महिना निलम्बन गरेपछि ढकालको कारबाही टुंगो लागेको हो । ट्राफिक महाशाखाका प्रवक्ता एसपी पोषराज पोखरेलका अनुसार असई ढकालको तीन ग्रेड रोक्का गरिने भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments