Incident Reports

किरात जनवादी वर्कर्सले हतियार बुझायो

2015-07-03

Province 1, Sunsari, Dharan, Ward 9

पूर्वी पहाडी जिल्लामा सशस्त्र विद्रोह गर्दै आएका किरात जनवादी वर्कर्स पार्टी (विद्रोही) ले आफ्नो हतियार बुझाएर वार्तामा आएको छ । सशस्त्र बिद्रोह छाडेको घोषणा गर्दै उक्त पार्टीले शुक्रबार संसदीय समिति समक्ष हतियार बुझाएको हो । पार्टीका अध्यक्ष मिना खम्बु-साङकेम्मा किरातीले पार्टीसंग भएको चार थान थ्री नट थ्री मार्का राइफल, एउटा कटुवा पेस्तोल र तीन थान गोली वार्ता उपसमितिका संयोजक आनन्द ढुङ्गानालाई हस्तान्तर गरेकी छन् । उक्त पार्टीले आफ्नो अर्द्धसेन्य बलको भरण पोषण र शहीद परिवारका लागि एकमुष्ट एक करोड रुपैयाँ उपलब्ध गराउन सरकारसँग माग गरेको छ । पार्टीले संविधानसभाबाट आत्मनिर्णय अधिकार सहितको किरात स्वायत्त राज्यको घोषणा, पार्टीका नेता कार्यकर्तामाथि लागेको मुद्दा खारेज हुनुपर्ने, सशस्त्र संघर्षको क्रममा मारिएका पूर्व अध्यक्ष विवस विद्रोही र सदस्य खगेन्द्र जवेगुलाई शहीद घोषणा गरिनु पर्ने लगायत माग राखेका छन् । सभासद ढुङ्गानाले आफ्नो अधिकार स्थापित गर्नका लागि विभिन्न राजनितिक संघर्ष गर्ने समुह संग सरकारले वार्ता गरिरहेको र त्यसैको परिणाम स्वरुप किरात जनवादी वर्कस पार्टीले हतियार छाडेर मुलधारमा प्रवेश गरेको बताए । उनले राज्यका अन्य नागरिक सरह सरकारले सुरक्षा दिने प्रतिवद्धता व्यक्त गरे । पार्टीका अध्यक्ष मिना खम्बुले आफूहरु आफ्नो अधिकारका लागि शसस्त्र संघर्ष गर्दै आएपनि असफल भएकाले विचारको लडाइलाई जारी राख्न हतियार विसाएको बताइन् ।

0 Comments