Incident Reports

सुई लगाउँदा बिरामीको मृत्यु भएपछि चिकित्सक पक्राउ

2015-07-03

Madhes, Rautahat, Brindaban

स्थानीय भलोहिया गाविसमा एक व्यक्तिको मृत्यु भएपछि प्रहरीले यहाँका एक चिकित्सकलाई शनिबार पक्राउ गरेको छ । सुई लगाइएको केही मिनेटमै भलोहिया गाविस–२ का ५० वर्षीय रफिक मियाको मृत्यु भएपछि प्रहरीले पिपराबजारमा २५ वर्षदेखि आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका भारत सीतामढी जिल्ला सैतपुर्वा गाउँ बस्ने रवि अहमदलाई पक्राउ गरेको हो । बिरामीलाई चिकित्सक अहमदले सुइ दिएपछि ज्यान गएकाले निजलाई आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाइएको हो । स्वास्थ्य खराब भएपछि उपचारार्थ पुग्दा ती चिकित्सकले रोगको पहिचान नगरीकनै सुई लगाउँदा मृत्यु भएको स्थानीय बासिन्दाले जिकिर गरेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports