Incident Reports

पटकपटक अनैतिक सम्बन्ध राखेका कारण हत्या

2015-07-05

नवलपरासीमा आमासँग अनैतिक सम्बन्ध राखेको आरोपमा एकजनालाई हत्या गर्ने अभियुक्तलाई प्रहरीले हत्या भएको नौ घन्टाभित्र पक्राउ गर्न सफल भएको छ । आमासँग अनैतिक सम्बन्ध राख्ने शिवपुजन थारुलाई कोदालोको प्रयोग गरी हत्या गर्ने हेमराज थारुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी आज सार्वजनिक गरेको हो । नवलपरासीको सुनवल–९ बस्ने ५८ वर्षीय शिवपुज थारुले अभियुक्त हेमराज थारुको आमासँग पटकपटक अनैतिक सम्बन्ध राखेका कारण हत्या गरेको अभियुक्तले स्वीकारेको प्रहरीले जानकारी दिएको छ । सुनवल इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश दाहाल र प्रहरी निरीक्षक शम्भुप्रसाद सिटौलाको नेतृत्वमा खटिएको प्रहरी टोलीले सूचनाको आधारमा अभियुक्त थारुलाई घटना घटेको नौ घन्टाभित्रै विभिन्न प्रमाणसहित पक्राउ गरेको प्रहरी उपरीक्षक नवलप्रसाद उपाध्यायले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । पत्रकार सम्मेलनमा सो घटनामा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रहरी जवान वीरेन्द्र निसादलाई नगदसहित पुरस्कृत गरिएको थियो । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports