Incident Reports

छोरा मार्ने सौतेनी आमा र बाबु समातिए

2015-07-04

Karnali, Salyan, Kumakhmalika

नाबालक छोराको हत्या गरेको आरोपमा सल्यान कालागाउँ–२ का दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालागाउँ–२ का ३० वर्षका जीतबहादुर बस्नेत र उनकी कान्छी श्रीमती ३० वर्षकी सीता बस्नेत रहेको प्रहरीले जनाएको छ । बस्नेत दम्पतीले जेठी श्रीमती चन्द्रकलाको एक महिनाको छोरालाई पानीमा डुबाएर हत्या गरेको प्रहरीको आरोप छ । उनीहरुले गत शनिबार घरमै पानीमा डुबाएर छोराको हत्या गरेको प्रहरीको दाबी छ । जेठी श्रीमती चन्द्रकलाबाट पाँच जना छोरी मात्रै जन्मेको भन्दै जीतबहादुरले दुई वर्षअघि दोस्रो विवाह गरेका थिए । गत मङ्सिरमा कान्छीबाट छोरो जन्मिएको र गएको महिना जेठीबाट पनि छोरो जन्मिएपछि कान्छी पत्नी सीताले पटकपटक धम्की दिने गरेको स्थानीय बासिन्दाले बताएका छन् । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports