Incident Reports

भूकम्प पीडितलाई अनुदान उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन भारतीय पक्राउ

2015-07-07

Madhes, Rautahat, Garuda

रौतहट-भूकम्प पीडितको नाममा अनुदान उपलब्ध गराइदिने भन्दै ठगी गर्ने तीन भारतीय युवकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। प्रहरीले भारतका पूर्वी चम्पारण दरपा ग्राम पन्चायत कचहरीया टोल घर भएका सुजित कुमार, लखौरा इनरवाका सन्दिप कुमार कुशवाहा र सोही गाँउका रन्जित कुमार कुशवाहालाइ रौतटहको फतुवा हर्साहा ६ दुधिअवा टोलबाट पक्राउ गरेको हो। भूकम्प पीडितलाई भारत सरकारले अनुदान दिने भन्दै एक सय रुपैयाँको फारम भराउँदै हिडेका उनिहरुका बारेमा गाँउलेहरुले खबर गरेपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरिक्षक सन्तुलाल जयसवारको नेतृत्वमा खटिएको टोलीले तीनै जनालाइ पक्राउ गरेको थियो। उनिहरुले भारत सरकारको स्वास्थ्य विभागको रबर स्टाम्प र फर्महरु सर्वसाधारणलाई देखाएका थिए। भूकम्प पीडितहरुका लागि भारतीय सरकारले एक देखि दुई लाख भारतीय रुपैयाँ क्षतिपुर्ती दिने प्रलोभन देखाउदै उनिहरुले ३७ जनाको फारम भरिसकेका थिए।
National/Online Media

0 Comments