Incident Reports

महिला बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-07-06

Gandaki, Baglung, Baglung, Ward 3

 मानसिक सन्तुलन ठीक नभएकी एक ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पर्वत जिल्ला तिलाहार गाविस- १ का ५१ वर्षीय राजकुमार परीलाई असार २१ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । बाग्लुङ नपा-१ बाङ्गेचौरमा निर्माण हुँदै गरेको मगर संघको भवनमा ०७२ असार २० गते आरोपितले महिलाई बलात्कार गरेको सुचनाको आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको हो । आफ्नो नाम र ठेगाना समेत बताउन नसक्ने महिलाई बलात्कार गरेको आरोपमा गिरफ्तार गरिएका आरोपितलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डीएसपी प्रेमबहादुर बस्नेतले जानकारी दिए । पीडित महिलाको धौलागिरी अञ्चल अस्पतालमा असार २१ गते स्वास्थ परीक्षणपछि अल्पकालीन सेवा केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ । सिर्जना पन्त
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments