Incident Reports

घुस सहित सब ओभरसियर र अमिन पक्राउ

2015-07-08

Madhes, Sarlahi, Ward 4

जिल्ला विकास समिति सर्लाहीका प्राविधिक घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार सबओभरसियर रामबाबु साहलाई २० हजार घुस रकम सहित पक्राउ गरेको हो। बाँके खोला नदी नियन्त्रण, कालिन्जोर–६ का उपभोक्त समिति अध्यक्ष एक बिक्रम थापासँग २० हजार घुस लिएको अवस्थामा सब इन्जिनियर साहलाई पक्राउ गरीएको आयोगको सम्पर्क कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक सन्तोष अचार्यले बताए। सम्पर्क कार्यालय बर्दिबासबाट प्रहरी निरीक्षक किशोर लम्सालको नेतृत्वमा खटेको आयोगको टोलीले दुई दिनसम्म उपभोक्ता समितिका अध्यक्षसँग मोबाइलमा भएको कुराकानीको रेकर्डलाई अधार बनाएर घुस लिँदालिदै सब ओभरसियरलाई पक्राउ गरेको हो। घुसमा लिएका २० वटा हजारको नोटको फोटोकपी आयोगले पहिले नै गरेको थियो। यसैगरी अख्तियारको टोलीले बुधबार नै बाँके जिल्लाको नापी कार्यालयका अमिनलाई पनि घुस रकम सहित पक्राउ गरेको छ। अमिन मानेलाल यादबलाई अख्तियार टोलीले २४ हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो।

0 Comments