Incident Reports

‘बोक्सी विद्या’ सिक्न भन्दै बालकको बली चढाउनेलाई जन्मकैद

2015-07-09

Bagmati, Makawanpur, Hetauda

बोक्सी विद्या प्राप्त गर्नका लागि भन्दै नाबालकलाई बली दिने दुई जनालाई पुनरावेदन अदालत हेटौडाले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । पुनरावेेदन अदालत हेटौंडाका न्यायाधीश कुमारप्रसाद पोख्रेल र सरिता शर्माको संयुक्त इजलासले रौतहट जिल्ला समनपुर गाविस-८ बस्ने महादेवी भन्ने महवादेवी यादव र उनका गुरु मानिएका छविलाल रायलाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको हो । अन्धविश्वासमा लागेर अमानविय कार्यगरी बालकलाई हत्या गरेको भन्दै दुवै जनालाई सर्वस्व सहित जन्मकैदको फैसला गरेको अदालतका सूचना अधिकृत बद्रीप्रसाद लामिछानेले जानकारी दिए । महवादेवीलाई रौतहटको जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेपनि धामी छविलाल राय यादवलाई भने सफाइ दिएको थियो । यादव र राय मिलेर २०६९ साल जेठ ६ गते राती १२ बजेको समयमा सर्लाही जिल्ला मानपुर गाविस-९ बस्ने गणेश राय यादवका छोरा नितेश राय यादवलाई टाउको काटेर बली दिएका थिए । बोक्सीको शिद्धी प्राप्त गर्ने नाममा महवादेवीले धामी छविलालसँग मिलेर आफ्नै नन्दको छोरा (भान्जा) लाई बलि दिएको उल्लेख छ । नन्दले तीन वषर्ीय भान्जालाई लिएर माइत आएको समय पारेर घर भित्रै टाउको काटेर बली चढाएको थियो । बालकको टाउको काटेर घर नजिकैको वाग्मती नदी किनारमा फालेर शरीर घरको पूजा कोठामा खाल्डो खनेर महवादेवीले पुरेकी थिइन् । धामीकै योजना, निर्देशन र सँगैबसेर पूजापाठ गर्दै बोक्सीको सिद्धीप्राप्त गर्नका लागि नाबालकको टाउको काटिएको थियो । तर रौतहट जिल्ला अदालतले भने उनलाई सफाइ दिएपनि पुनरावेदन अदालत हेटौंडाले भने सर्वस्व सहित जन्मकैदको फैसला धामीलाई पनि गरेको छ । नाबालकको हत्या गरेपछि धामी छविलाल लामो समयसम्म फरार रहेका थिए । रौतहट जिल्ला अदालतले २०७० साल बैशाख ३ गते महवादेवीलाई सर्वस्व सहित जन्मकैदको फैसला गरेपनि धामी फरार भएकाले उनकोे बिषयमा अदालतले केही पनि भनेको थिएन । तर त्यसको डेढमहिना पछि जेठ १७ गते धामी छविलाल रौतहट जिल्ला अदालतमा उपस्थित भएर सोही दिनमा सामान्य तारेखमा छुटेका थिए । उनलाई रौतहट अदालतले २०७० असार ९ गते भने अभियोग दाबीबाट सफाइ दिएको थियो । त्यतीबेला सफाइ दिएपनि अहिले पुनरावेदन अदालत हेटौंडाले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । धामी छविलला भने फरार रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments