Incident Reports

बाबुले गरे ६ महिने छोरीको हत्या

2015-07-09

Sudurpashchim, Doti, Dipayal Silgadi

डोटी जिल्लाको लडागडा गाबिस– ९मा आफ्नै बुवाले ६ महिने छोरीको हत्या गरेका छन । ३८ बर्षका काल्चे भनेर चिनिने बुवा रवी साउँदले बिहिबार बिहान ४ बजे तिर ६ महिनाकी छोरी हरिनाको हत्या गरी घर नजिकैको गगेडा भन्ने ठाउँमा पुरेका थिए । काल्चेकी श्रीमती डिग्रा साउँदले छोरी र श्रीमान बेपत्ता भएको बारेमा जिल्ला प्रहरी कार्यालय डोटीमा बिहान ११ बजे मौखीक जानकारी दिए पछी जिल्ला प्रहरी कार्यालय र लडागडा ईलाका प्रहरी कार्यालयको टोलीले खोज गर्दा गगेडा भन्ने ठाउँमा शब पुरेको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक हिमबहादुर लामाले बताए । रबीले मदिरा सेवन गरी श्रीमती तथा छोराछोरी कुटपिट गरेका थिए । कुटपिटबाट डिग्रा तथा उनका छोरा दिपकलाई समेत चोट लागेको छ । ६ महिने वालकका शब उत्खनन् गर्दै पोष्टमार्टमका लागी जिल्ला अबस्पताल डोटीमा ल्याएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । काल्चेलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । हरिनाको हत्या काल्चेल नै गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । छोरीको मृत्युका बारेमा आमा तथा गाउँलेहरु कोही पनि जानकार नहुनुले हत्यामा बुवाको हात रहेको हुन सक्ने प्रहरीले प्ररामम्भीक अनुमान गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । डोटी प्रहरी प्रमुख लामाले भने “भोली आमाको बयान लिन्छौँ त्यस पछि धरै कुरा थाहा हुन्छ अहिले सबै कुरा भन्न सकिन्न शब भरखरै मात्र जिल्ला अस्पतालमा ल्याईएको छ ।” यस भन्दा पहिला सरस्वतीनगर गाबिसमा पनि आमा छोरी र छोराले सामुहिक रुपमा आत्माहत्या गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments