Incident Reports

चक्कु प्रहार गरी एक जनाको हत्या

2015-07-14

Lumbini, Rupandehi, Butwal

रुपन्देहीमा एकजना युवकको हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–१३ बुद्धनगरका प्रेमबहादुर रोकाको चक्कु प्रहार गरी हत्या गरिएको हो । बाग्लुङ भीमगिठे–९ घर भएका ४६ वर्षका रोका बुटवल स्थित बुद्धनगरमा आफन्तकोमा बसेर खसीबोकाको कारोबार गर्दै आएका थिए । आक्रमणमा रोकासँगै रहेका योगेन्द्र खरेल गम्भीर घाइते भएका छन् । खरेलको भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । रोकामाथी मंगलबार राति घरतर्फ जाँदै गर्दा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएकाको नाम भने प्रहरीले खुलाएको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1
National/Online Media

0 Comments

Related Reports