Incident Reports

सामूहिक बलात्कारमा संलग्न दुई व्यक्तिलाई बाह्र/बाह्र वर्ष कैंद

2015-07-15

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 2

विवाहित महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका खोटाङका दुई व्यक्तिलाई बाह्र–बाह्र वर्ष कैंद सजाय सुनाइएको छ । स्थानीय २५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपामा पक्राउ परेका सुङ्देल–३ का ४० वर्षीय डिल्लीशेर राई र ३० वर्षीय राजन राईलाई जिल्ला अदालत खोटाङले मंगलबार यस्तो सजाय सुनाएको हो । घरमा सुतिरहेकी महिलालाई कोही नभएको मौकापारी गत २०७१ साल पुस १३ गते राति ११ बजे ढोका फोरेर करेसा बारीमा लगी दुवै जनाले पालैपालो बलात्कार गरेको पीडित महिलाले दिएको उजुरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनाले मातेको सुरमा आफूहरुले गल्ती गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो । बलात्कृत भएपछि पीडित महिलाले इलाका प्रहरी कार्यालय बाक्सिलामा दिएको उजुरीको आधारमा उनीहरुलाई पुस १८ गते काठ काट्दै गरेको अवस्थामा जङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले अश्लिल शब्द बोलिएको अडियो रेकर्ड तथा भिडियोसहित नोकिया मोवाइल बरामद गरेको थियो । बलात्कृत महिलाको क्षतिपर्तीका लागि अदालतले जनही ५०–५० हजार रुपैयाँ भराउने फैसला समेत सुनाएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । सामूहिक बलात्कारमा परेकी महिलाको अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ । जिल्लामा बलात्कारका घटना अधिक मात्रामा भएपनि यो घटना पहिलो भएको प्रहरीले जनाएको छ । पछिल्लो समय जिल्लामा बलात्कृत हुनेमा अधिकांश बालिका दश वर्षमनीका रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Other Sources

0 Comments