Incident Reports

उपचार खर्च माग्‍दा भेसुको हत्या

2015-07-16

Province 1, Sunsari, Dharan, Ward 9

धारिलो हतियार प्रयोग गरी धरान उपमहानगरपालीका ८ का २३ बर्षीय भेसु मगरको हत्या गरिएको छ। बिहीबार मध्यरातमा स्थानीय युवाहरुको समुहले धरान ८ अरुण टोलका मगरलाई घरदेखि लखेट्दै नजिकैको मकैबारीमा लगेर हत्या गरिएको स्थानीयले बताएका छन्। हत्या गरिएका मगरको अनुहार र शरिरका विभन्न भागमा काटिएको गम्भीर चोट देखिएको छ। मगरको आन्तरिक झगडाको कारण स्थानीय युवाहरुको समुहले उनको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले बताए। उनका अनुसार यसअघि पनि ती यूवा समूहको कुटाई खाएका मगरले अ‍ैषधी उपचार खर्च मागेका कारण उनको हत्या गरिएको बताइएको छ। भेसुकी आमा रामकुमारीले छोराको हत्या गर्नेहरुको नाम प्रहरीलाई बुजएकी छन्। उनले छोराको हत्यामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेकी छिन्। डिएसपी सिजापतीले भेसुका हत्याराको पहिचान भइ सकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिसकिएको जानकारी दिए। भेसुको शव पोष्ट मार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ। भेसुको हत्या गरिएपछि धरानको अरुण टोल सुकम्बासी बस्तीका बासिन्दा आतंकित भएका छन। उनीहरुले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही नगरिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Others
Actor 1 - Number of people More than 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports