Incident Reports

१४ वर्षे बालकको हत्या

2015-07-18

Province 1, Taplejung, Phungling, Ward 9

RSS ताप्लेजुङको साँवा गाउँ विकास समितिमा हिजो शनिबार साँझ साढे ६ बजेतिर एक १४ वर्षे बालकको हत्या भएको छ । साँवा ४ बस्ने १४ बर्षका सुमन लिम्वुलाई हतियार प्रहार गरी मारेको प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए । कोइरालाका अनुसार लिङतेपबाट पसलको सामान लिएर जाँदै गरेको पाँच जनाको समूहमध्येका सुमनको त्यही समूहबाट हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले अनुप साँवालाई पक्राउ गरेको छ । भाग्दै गरेका उनको हातमा रगत लागेको देखेपछि प्रहरीले सोधेको थियो । सुरुमा जुकाले टोकेको भनेर भाग्न खोजेका थिए । सोही गाविसका प्रेम कुमार थलङ लगायतका फरार रहेका छन् । ‘मादक पदार्थ सेवन गरेको र आपसी विवाद भएजस्तो देखिन्छ, तथ्य विवरण खुल्न बाँकी छ । थप अनुसन्धान भइरहेको छ ।,’ कोइरालाले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Others
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments