Incident Reports

मधेसी मोर्चाले संविधानको मस्यौदा जलाए

2015-07-19

Madhes, Saptari, Rajbiraj, Ward 8

संविधानका प्रारम्भिक मस्यौदा नै मधेस विरोधी भएको भन्दै सप्तरीस्थित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबार सप्तरीको विभिन्न गाविसहरुमा मस्यौदा नियन्त्रणमा लिँदै जलाएको छ । सप्तरीको देउरी, भारदह, बथनाहा, इटहरी, बिष्णुपुर, कोचाबखारी, बोरियासहितका आधा दर्जन बढी गाविसहरुमा मोर्चा सम्बद्ध संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीसहितका दलका नेता तथा कार्यकर्ताहरुले संविधानको प्रारम्भिक मस्यौदा नियन्त्रणमा लिई जलाएका हुन् । सप्तरीमा शुक्रबार नै मस्यौदामाथि वडास्तरमा सुझाव संकलनको काम तय गरिएको थियो । तर, शुक्रबार उक्त काम हुन नसकेपछि गाविस सचिवहरुले शनिबार गाविसस्तरीय सुझाव संकलनको कार्यक्रम राखका थिए । सोही कार्यक्रमलाई बिथोल्न पूर्व योजना अनुसार मोर्चाले शनिबार जिल्लाका विभिन्न गाविस पुगेर मस्यौदा नियन्त्रणमा लिई आगजनी गरेको थिए । मस्यौदामा मधेसको भावना नसमेटिएको जानकारी पाएर स्थानीय बासिन्दाले समेत मोर्चाका कार्यकर्ताहरुलाई उक्त काममा सघाएका थिए ।
National/Online Media

0 Comments