Incident Reports

चन्द माओवादीले मस्यौदा जलाए

2015-07-19

Lumbini, Dang, Tulsipur

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले अाइतबार दाङमा संविधानको मस्यौदा जलाउने र च्यात्ने काम गरेका छन् । तुलसीपुर नगरपालिकाको वडा नं. १० दमारगाउँमा मस्यौदामाथि सुझाव संकलनबारे छलफल भैरहेको बेला माओवादी कार्यकर्ताहरु गएर मस्यौदा च्यात्ने, जलाउने र नारावाजी गर्ने काम गरेका छन् ।

यसैगरी घोराहीको राप्ती सुपरलजमा छलफल कार्यक्रम भैरहेको बेला माओवादी कार्यकर्ताले मस्यौदाका कागजात च्यातेर नाराबाजी गरेका छन् । मस्यौदाका नाममा जनताका बीचमा षड्यन्त्रका कागजात आएकाले जलाउनुपरेको माओवादी दाङका सेक्रेटरी बलबहादुर ओलीले बताउनुभयो । सुझाव संकलन कार्यक्रमलाई बिरोध गर्ने नीति अनुरुप भोलि पनि अवरोध गरिने उनले बताए । मस्यौदा च्यात्ने, जलाउने काम गर्न नपाइने भएकाले त्यस्तो गरेको पाइएमा कार्वाही हुने जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रञ्जित सिंह राठौरले बताए । सभासद्हरु सहितको सुझाव संकलन टोलीमा सुरक्षा टोली खटाइएको र अन्य कार्यक्रममा झुक्याएर च्यात्ने, जलाउने काम भएको हुनसक्ने उनको दाबी थियो । सुझाव संकलन शान्तिपूर्णरुपमा सम्पन्न गर्न हरेक निर्वाचन क्षेत्रमा सुरक्षा निकायलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments