Incident Reports

सुझाव संकलन सुरक्षार्थ खटिएको प्रहरी र स्थानीय दलका कार्यकर्ताबीच झडप

2015-07-20

Madhes, Parsa, Birgunj, Ward 20

पर्सा क्षेत्र नं. २ का स्थानीयबासीसँग संविधानको मस्यौदामाथि सुझाव संकलन कार्यक्रम चलिरहेका बेला स्थानीयबासी र प्रहरीबीच झडप भएको छ। झडपमा एक प्रहरी नायव उपरीक्षकसहति १२ जनाभन्दा बढी घाइते भएका छन् । नयाँ संविधानका लागि जारी मस्यौदा अर्थहिन रहेको र मशेसको मुद्धा समावेश नगरिएको आरोप लगाउँदै मधेशकेन्द्रित विभिन्न राजनीतिक दलका कार्यकर्ता र स्थानीयबासी झडपमा उत्रिएका हुन् । जिल्ला विकास समितिको भवन पर्सामा सुझाव संकलन कार्यक्रम चलिरहेका बेला सुझाव संकलन कार्यक्रमको सुरक्षाका लागि खटिएको करिब २ सयको संख्याकाे प्रहरी टोली र स्थानीयबीच झडप भएको थियो। झडपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक यादबदबाहुर घर्तीसहित घाइतेहरुको उपचार नारायणी यपक्षेत्रीय अस्पतालमा भइरहेको छ। झडपका क्रममा स्थानीयले प्रहार गरेको ढुङ्गा लागि प्रहरी घाइते भएका छन् । प्रहरीको लाठी चार्जबाट स्थानीय राजनीतिक दलका कार्यक्रकर्ता घाइते भएका हुन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
Total Injured 12
National/Online Media

0 Comments