Incident Reports

दाहालमाथि ढुंगामुढाको बर्षात, सुरक्षाकवच ओढाएर जोगाइयो

2015-07-20

Madhes, Siraha, Mirchaiya, Ward 4

संविधानसभाको मस्यौदामाथि जनताको मत संकलन गर्ने क्रममा सोमबार सिरहा क्षेत्र नम्बर ५ स्थित मोहन उच्च मावि मत संकलन केन्द्र पुगेका निर्वाचित सभासद पुष्पकमल दाहाललाई ढुंगामुढाबाट जोगिन हम्मे पर्यो। दाहाल मञ्चमा बसे लगत्तैदेखि मस्यौदाको विरोध गर्ने दलका प्रदर्शनकारीले ढुंगामुढाको बर्षात सुरु गरेपछि दुई घण्टाको निर्धारित मत संकलन कार्यक्रम बीचमै रोक्नु पर्यो। दाहाल काडमाडौंबाट हेलिकप्टरमा मिर्चैयास्थित मोहन उच्चमाविको सुझाव संकलन केन्द्र पुग्ने कार्यक्रम तय थियो। यो उच्चमाविको प्रांगणमा हेलिप्याड समेत बनाइ सकिएको थियो। तर, कार्यक्रम सुरु हुनु पूर्व संघीय समाजवादी फोरमका सभासद बिरेन्द्र महतोको अगुवाइमा टायर बालेर प्रदर्शन सुरु भयो। दाहाल सवार मुस्ताङ एयरको हेलिकप्टर लहानमा छोडेर कडा सुरक्षाबीच मिर्चैयास्थित सुझाव संकलन केन्द्र पुगे। केन्द्रको मूल गेटमै प्रदर्शनकारीले कालो झण्डा देखाउँदै प्रवेशमा अबरोध गर्न खोज्दा सुरक्षाकर्मी प्रदर्शनकारीबीच झडप भयो। प्रदर्शनकारीको ढुंगामुढा लागेर जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधव बुढाथोकीसहित सातजना सरक्षाकर्मी घाइते भएको सिरहाका एसपी रामकृपाल साहले जानकारी दिए। सुरक्षाकर्मीको लाठी प्रहारबाट एक दर्जन प्रदर्शनकारी घाइते भएको प्रदर्शनकारी पक्षले बताएको छ। प्रर्दशनकारीले थापेको अबरोध पन्छाउँदै दहाल सवार गाडी केन्द्रभित्र प्रवेश गर्यो। उनी मञ्चमा बसेर संविधानसभाको मस्यौदामा जनमत बु‰न सुरु गरेलगत्तै बाहिरबाट मञ्चलाई लक्षित प्रदर्शनकारीबाट ढुँगामुडाको वर्षा सुरु भयो। ढुँगामुढाबाट दाहाललाई जोगाउन सुरक्षाकवचबाट घेरियो। जति जे गरेपनि ढुँगामुढाको वर्षा रोकिएन। फोरमका सभासद महतो सहितका प्रदर्शणकारीले कार्यक्रम स्थलमै पुगेर कालो झण्डा देखाएर बिरोध जनाए। उनले भने,'टाउको बिनाको संविधान मस्यौदा चाहिदैन, सिमांकन र नामांकन सहितको हुनुपर्छ।' कार्यक्रम स्थल मै दाहालको कटु आलोचना गरेर महतोसहितको टोली बाहिरिए। दाहाल बसेको मञ्चमा ढुँगामुढाको वर्षा नथामिए पछि जनताको मत जाहेर गर्ने कार्यक्रम बीचमै रोकियो। दाहालले कार्यक्रमको समापन मनतव्य दिने पालो आयो। जनमत दिन आएका जनतालाई सम्बोधन गर्दै दहालले भने,' म सुझाव, बिरोध र आलोचना सुन्नै उपस्थित भएको हुँ, यो मस्यौदा अन्तिम रुप होइन।' 'अहिले नै धन्दा मान्नु पर्ने केही छैन सिमांकन र नामांकनसहितको सुझाव संविधानसभाको सम्वाद समितिमा छलफल भएर अन्तिम रुप पाउने हो,' दाहालले थपे,' दोस्रो संविधानसभा र आन्दोनका उपलब्धी रक्षाका लागि १६ बुँदे सहमति गरेको हुँ, बाँकी कुनै स्वार्थ छैन्।' संविधान यही टुँगीएको छैन, उनले भने,'मधेसी, आदिवासी, मुस्लीम उत्पीडित वर्गको अधिकार संविधानमा सुनिश्चि गराउने मेरो प्रयास हुने विश्वास दिलाउँछु।' मत संकलन केन्द्रलाई चारैतिरबाट प्रदर्शनकारीले घेराउन गरी ढुंगामुढा बर्साउने क्रम नरोकिएपछि लहानमा राखिएको हेलिकप्टरलाई मिर्चैया ल्याइएको थियो। लहानमै हेलिकप्टर छोडेर गाडीबाट मिर्चैया आइपुगेका दहाल असुरक्षाका कारण पुनः हेलिकप्टर झिकाएर काठमाण्डौ फिर्ता भएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments